भारतमा बाढीपहिरोले २२को ज्यान लग्यो झन्डै ४ लाख नागरिक प्रभावित

काठमाडौं । भदौ ५, भारतको हिमाञ्चल प्रदेशमा बाढी पहिरोबाट २२को ज्यान लग्यो झन्डै ४ लाख नागरिक प्रभावित भएका छन् । हिमाञ्चलसहित उडिसा र झारखण्डमा पनि बाढी–पहिरोले क्षति भएको जानकारी प्राप्त भयो ।
वर्षा प्रभावित ती राज्यमा सडकमा समेत क्षति पुगेको र आपूर्ति व्यवस्था समेत रोकिएको बीबीसी हिन्दीले जनाएको छ । बाढीमा हराइरहेकाहरुको खोजी भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने प्रदेश सरकारलाई जानकारी गराएको छ ।