यस्तो छ तपाईंको आजको राशिफल

सहयात्रा टिभी

आज – ०६ भाद्र २०७९ सोमवार को राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सेयरको कारोबारमा नोक्सानी हुनसक्छ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्नसक्छ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभहानी, सुखदुःख, बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रणयसम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित : 22 August, 2022

प्रतिक्रिया दिनुहोस्