फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका नेपाली क्रिकेटर सुबासको देश किन क्यानडा रहन गयो

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् ।

तर उनको देश क्यानडा उल्लेख छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएका थिए । नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेलले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए । तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले बताए ।

क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताए । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भने, ‘म क्यानडा गएको होइन है ।’

प्रकाशित : 22 August, 2022

प्रतिक्रिया दिनुहोस्