व्यवस्थापक, ट्रेनर र ५ खेलाडी आज केन्या प्रस्थान, भ्याक्सिन कार्डका कारण भिसा ढिला भयो

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, ढिलो भिसा आएपछि पाँच खेलाडी, व्यवस्थापक र ट्रेनर सोमबार केन्या उड्न पाएनन् । बाँकी पाँच खेलाडीसहित ७ जना भने मंगलबार राति मात्रै केन्या प्रस्थान गर्नेछन् ।

११ खेलाडी, मुख्य प्रशिक्षक मनोज प्रभाकर, फिजियो विक्रम न्यौपाने र एनालिस्ट रमन शिवाकोटीसहित १४ जना सोमबार राति केन्याको राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

बाँकी पाँच खेलाडीसहित ७ जना भने भ्याक्सिन कार्डका कारण  मंगलबार राति मात्रै केन्या प्रस्थान गर्नेछन् । उनीहरूको एल्लो फिभर भ्याक्सिन कार्ड अपलोड नभएकोले भिसा आउन ढिला भएको  बाँकी ७ जनाको भिसा आएको र मंगलबार राति केन्या प्रस्थान गर्ने महासेठले जानकारी दिए ।

व्यवस्थापक सुनील महासेठ, ट्रेनर भारतका अब्दुल सतार र ५ खेलाडी सोमपाल कामी, बसिर अहमद, शाहब आलम, आदिल अलाम र विवेक यादव दोस्रो चरणमा केन्या जाने तयारीमा रहेको जनाए ।

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्