‘प्रकाश’ प्रिमियर शोमा सेलिब्रिटीको घुइँचो, प्रदीप र फिल्मको तारिफ

काठमाडौं । भदौ ९, ‘प्रकाश’ अभिनेता प्रदीप खड्का, अभिनेत्रीद्वय दीया मास्के र रेगु योगीको मुख्य भुमिका रहेको फिल्मले शिक्षक बन्ने सपना बोकेको एक युवकको संघर्षको कथा बनेको छ । बुधवार राजधानीमा आयोजित प्रिमियर शो ‘प्रकाश’ प्रिमियरमा सेलिब्रिटीको घुइँचो धेरैनै देखिएको र त्यस क्रममा प्रदीप खड्काको अभिनय र फिल्मको सवैले तारिफ गरेका छन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘प्रकाश’ हेर्दा प्रदीप खड्कालाई चिन्न नसकेको बताएकी छन् । ‘फिल्ममा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो । उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो’ दीपाले भनिन्–‘उसको अभिनय जीवन्त छ ।’
दीपाले फिल्म खासमा नेताहरुका लागि भएको सुनाइन् । दीपाले बुधबार आयोजित फिल्म ‘प्रकाश’ को प्रिमियरपछि प्रदीपको विषयमा यो धारणा राख्दै अभिनयको प्रशंशा समेत गरिन् । शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को बुधवार राजधानीमा आयोजित प्रिमियर जतिले फिल्म हेरे अभिनेता प्रदीपको अभिनयको तारिफ गरे ।अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको यात्रामा आफूलाई पनि अनुभूति गरेको बताइन् ।
कलाकारदेखि निर्देशकसम्म सबैको काम अब्बल लागेको उनको भनाई थियो । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको जुम्लाको जनजीवनमा आधारित फिल्म ‘प्रकाश’ ले बुधबार बिग मुभिजमा प्रिमियर गरेको थियो । प्रिमियरमा अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए ।