कोरोना संक्रमित ४४४ जना एकैदिन ३ को मृत्‍यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४४४ जना र मृत्‍यु हुनेको संख्या ३ पुगेको तथ्यांक प्रकाशीत भएको छ । संक्रमणबाट ३ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्