चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

सहयात्रा टिभी

रौतहट । भाद्र १४, रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएको छ ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० वर्षिया जगिया कुमारी र १८ वर्षिया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

चट्याङ लागेर एउटै गाउँको एकै पटक तीन जनाको मृत्यु हुँदा सिङ्गो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित : 30 August, 2022

प्रतिक्रिया दिनुहोस्