महानगरको टोली सेन्ट्रल प्लाजाबाट फर्कियो, नक्सामा पार्किङ नभएको प्लाजाको दावी

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, नारायणचौर स्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको काठमाडौं महानगरपालिकाको टोली कुनै कारबाहीविना फर्किएको जनाएको छ ।

नक्सा अनुसार अन्डरग्राउण्ड प्रयोग भएको वा नभएको हेर्न पुगेको वडा कार्यालयका प्रतिनिधि र नगर प्रहरीको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाएको थियो ।

त्यसपछि महानगरपालिकाको टोली फर्किएको हो । सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने नगर प्रहरी प्रमुख राजु पाण्डेले जनाएको छ ।

प्रकाशित : 31 August, 2022

प्रतिक्रिया दिनुहोस्