जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्तमा परेका छन्। बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

प्रकाशित : 31 August, 2022

प्रतिक्रिया दिनुहोस्