कोरोना सङ्क्रमण २४ घण्टामा २ सय ७१ जनामा

सहयात्रा टिभी

काठमाडौं । भदौ १५,कोरोना सङ्क्रमण पछिल्लो २४ घण्टामा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा तीन हजार एक सय ९४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

प्रकाशित : 31 August, 2022

प्रतिक्रिया दिनुहोस्