पौडी खेल्ने क्रममा डुबेर १ को मृत्यु

सहयात्रा टिभी

मोरङ । भदौ १६, पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-६ का २३ वर्षीय इशानबहादुर कार्कीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा डुबेको अवस्थामा साथीहरूले फेला पारेका थिए। उनलाई उपचारको लागि धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए। उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्