केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

सहयात्रा टिभी

काठमाडौं । भाद्र १७, आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् ।

लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।

देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’ मा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

चलचित्र कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।

यस्तै, लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् । सोनम तोप्देनले नायकको रुपमा डेब्यू गरेका छन् ।

एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी छ ।

सनिष खकुरेल कार्यकारी निर्माता रहेको चलचित्रमा परी राना र अजितकुमार थापा सह-निर्माताका रुपमा रहेका छन् । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ‘सम्हालिन्छ कहिले मन’ले २६ र ‘झिँगे दाउ’ले २७ शो पाएका छन् ।

प्रकाशित : 2 September, 2022

प्रतिक्रिया दिनुहोस्