एकै दिनमा २०६ जना कोरोना संक्रमित ३ जनाको मृत्यु

काठमाडौं । भदौ १७, पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोही अवधिमा २०६ जनामा संक्रमण पुष्टि भएको छ ।
२८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालभर सक्रिया संक्रमितको संख्या २८९१ पुगेको छ ।