पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालीन अवतरण

सहयात्रा टिभी

काठमाडौं । भदौ १९, पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपतकालीन अवतरण गरिएको छ।

आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको उक्त जहाजमा समस्या आएपछि उडेको ७ मिनेटपछि पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।

जहाजमा इन्टिकेसनमा समस्या आएपछि सोही विमानस्थलमा अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

क्याप्टेनले संगल इन्जिनबाट जहाज अवतरण गराएको र समस्याको पहिचान इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ने चालिसेले बताए। उक्त जहाजमा १८ यात्रु सवार थिए। सबै यात्रु तथा चालक दल सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्रकाशित : 4 September, 2022

प्रतिक्रिया दिनुहोस्