भीरबाट खसेर महिलाको मृत्यु

जाजरकोट । भदौ १९, जिल्लाको कुशे गाउँपालिका – २ टालेगाउँमा भीरबाट खसेर एक युवतीको ज्यान गएको छ ।
शनिबार बाख्रा चराउन गोठालो गएका अन्दाजी १८ वर्षीया लिला सिंहको ज्यान गएको हो । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा ती युवती उत्तीर्ण हुनुभएकाे थियाे ।
जाजरकोटमा रुख र भीरबाट वर्षमा करिव ५० जनाले अकालमै ज्यान गुमाउने गरेकाे जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।