आज देशका अधिकांश स्थानमा वर्षाकाे सम्भावना

सहयात्रा टिभी

काठमाडौं । भदाै २२, मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित छ ।

आज (बुधबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रहेकाे छ । अन्य प्रदेशहरूमा भने मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती प्रदेशका केही स्थानमा भने मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्