लामिछाने र पीडित युवतीसँगै गएको होटलको सीसी टीभी फुटेज प्रहरीले संकलन गर्यो

काठमाडौँ । भदौ २२, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ ।
ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ । ‘सन्दीपमाथि लागेको अभियोगविरुद्ध सीसी टीभी फुजेट र कर्मचारीले गरिदिएको कागज महत्वपूर्ण प्रमाण हुने सँगै अन्य प्राविधिक पाटोबारे अनुसन्धान भइरहेको जनाएको छ ।