नेपाली फिल्म सेन्सर गर्न राजनीत भएको भन्दै सेन्सर प्रक्रिया बहिष्कार

सहयात्रा टिभी

काठमाडौँ । भदौ २३, फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् ।

सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद  भएको भन्दै सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेको जनाएका छन् ।

विदेशी फिल्मलाई मनपरी ढंगले जुनसुकै समयमा पनि सेन्सर गर्ने र सेन्सरको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ नखोल्ने निर्णय चित्त नबुझेकाले बहिष्कार गर्ने निर्णय गरेको थापाले बताए ।

बिहीबार मात्रै बलिउड फिल्म ब्रह्मास्त्रसहित दुई नेपाली फिल्मको सेन्सर तालिका छ । शुक्रबार बिहान दक्षिण भारतीय फिल्म सीताराममको सेन्सर तालिका छ ।

 

प्रकाशित : 8 September, 2022

प्रतिक्रिया दिनुहोस्