साफ यू-१७ मा शुक्रबार नेपालले भारतको सामना गर्दै

सहयात्रा टिभी

काठमाडौं। भदौ २४, साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ।

श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । तर, भारतलाई हराउँन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ।

समूह ‘बी’ मा रहेका नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेका छन्। ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो। भारतले पनि भुटानलाई ३-० ले हराएको थियो। दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

यू-१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन्।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित : 9 September, 2022

प्रतिक्रिया दिनुहोस्