दाङमा सर्पले डस्दा एकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, दाङ सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको प्रहरीले जनाएको छ ।

देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रकाशित : 9 September, 2022

प्रतिक्रिया दिनुहोस्