प्रधानन्यायाधीश जबराको बयान आज पनि

सहयात्रा टिभी

काठमाडौं । भदाै २६, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ ।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए । महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।

 

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्