५ महिनाको अवधिमा ६ वटा नीति, ९ वटा ऐन बनाउदै मन्त्री बडू

सहयात्रा टिभी

काठमाडौ । भदौ २६ , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले कानुन निर्माण प्रक्रियामा ध्यान दिएका छन् । आफू मन्त्रीमा नियुक्त भएको ५ महिनाको अवधिमा ६ वटा नीति, ९ वटा ऐन, २ वटा नियमावली, १३ वटा कार्यविधि र निर्देशिका जारी गर्न तयारी अवस्थामा रहेको बडूले जानकारी दिए ।

मन्त्री बडूका अनुसार दश वर्षीय औद्योगिक विकासका रणनीति तर्जुमा कार्य अघि बढाइएको छ । यस्तै, वाणिज्य नीति र नेपाल व्यापार एकीकृत रणनीति पुनरावलोकन गरी नयाँ नीति र रणनीतिको मस्यौदा तयार पारिएको छ । नेपाल गुणस्तर नीतिको मस्यौदा पनि तयार भएको मन्त्री बडूले जानकारी दिए ।

मन्त्रालयले व्यापार लजिष्टिक नीति स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको छ भने राष्ट्रिय आपूर्ति नीतिको मस्यौदा तयार भएको छ । स्टार्टअप नीतिको मस्यौदा तयार भएको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्री बडूका अनुसार ९ वटा ऐनको कार्य अघि बढेको छ ।

 

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्