ललितपुर महानगरले मञ्जुश्री पेट्रोल पम्प हटाउँदै

सहयात्रा टिभी

काठमाडौ । भदौ २६, ललितपुर महानगरपालिकाले लगनखेलको सार्वजनिक जग्गामा रहेको  मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।

तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ । महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराउँदैछन् ।

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्