धाप बाँधमा संकलन गरिएको वर्षाको पानी वाग्मती नदीमा बगाउने तयारी अन्तिम चरणमा

काठमाडाै । भदाै २७, काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ धापमा संकलन गरिएको वर्षाको पानी वाग्मती नदीमा बगाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
वाग्मती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइका इन्जिनियर निश्चल छतकुलीका अनुसार अहिले ८ लाख घनमिटर भन्दा बढी पानी संकलन भइसकेको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जमा बाँध बनाएर संकलन गरिएको पानी आगामी कात्तिकमा बगाउने गरी तयारी गरिएको वाग्मती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइले जनाएको छ ।
वाग्मती नदीमा हिउँदयाममा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर अग्लो बाँध बाँधेर वर्षाको पानी संकलन गरिएको छ । धाप बाँधमा वाषिर्क ८ लाख ५० हजार घन मिटर पानी संकलन गर्ने क्षमता छ ।