इन्डो-नेपाली फिल्म सायरामा आर्यन र सुफिया

सहयात्रा टिभी

काठमाडौ । भदौ २८, नेपाल र भारतको संयुक्त लगानीमा फिल्म ‘सायरा’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

निर्माणमा भारतीय निर्माता पुष्कर झा र नेपाली कम्पनीहरु डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाले सहकार्य गर्नेछन् ।आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको प्रमुख भूमिका रहने फिल्मलाई विशाल देसाईले निर्देशन गर्नेछन् ।

सुरुमा नेपाली फिल्म बनाउने इच्छा थियो । सहकार्यलाई लिएर म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्वबजारमा लैजाने हाम्रो तयारी छ,’ निर्माता झाले भने । फिल्मलाई हलसँगै ओटीटी प्लेटफर्ममा समेत रिलिज गर्ने तयारी छ ।

निर्देशक देसाइले इन्डो-नेपाली प्रोजेक्टमा जोडिन पाउँदा आफू उत्साहित भएको बताए । ‘दुई छिमेकी मुलुकको मित्रता अझ प्रगाढ हुने किसिमले फिल्म बनाउने जनाए ।

पत्रकार सम्मेलनमा अभिनेत्री सुफियाले भिडियो सन्देश दिएकी थिइन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपाली(इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु,’ सुफियाले भनिन् ।

 

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्