राष्ट्र बैंकले उपत्यका भित्र नयाँ नोट सटही सुरु, उपत्यकाबाहिर असोज २ गतेदेखि
सहयात्रा टिभी
काठमाडौँ । भदौ २९, नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।
आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् । उनीहरुले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एकरएक वटा बन्डल गरी १८ हजार ५ सय रुपैयाँ पाउनेछन् ।