आजदेखि एक महिना बन्द रहेको २ वटा चिनियाँ नाका सञ्चालनमा
सहयात्रा टिभी
काठमाडौं । भदौ ३०, भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो ।
नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो । यस्तै, तातोपानी भन्सार नाकाबाट भने यही साताको शनिबारदेखि नै आंशिकरूपमा सामान भित्रिन थालेको थियो । शनिबार यता अहिलेसम्म १५ वटा कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयका पूर्व प्रमुख नारद गौतमले बताए ।
नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरू गरेको हो ।