दुबई मून, चन्द्रमा स्वरुपको रिसोर्ट

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, पर आकाशमा चम्किलो चन्द्रमा हेरेर मन मग्न नहुने को होला र चन्द्रमाको सौन्दर्यको बखानमा धेरै  प्रेम साहित्यहरु  लेखिएका छन् । अर्थात्  त्यही सुन्दर चन्द्रमालाई युएईले अब भुईंमा झार्दैछ । युएईले झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको रकम खर्चिएर चन्द्रमाजस्तै रिसोर्ट तयार गर्दैछ ।

अरेबियन बिजनेस रिपोर्टका अनुसार उक्त चन्द्रमाजस्तो रिसोर्ट बनाउन करीब ६ अर्ब डलर खर्च हुनेछ । यो रिसोर्टको निर्माण कार्य ४८ महिनामा पूरा हुने बताइएको छ ।

युएई सरकारले दुबईमा बनाउन लागेको चन्द्रमा स्वरुपको रिसोर्टको नाम Dubai Moon राखिएको छ । उसै त युएई संसारकै अग्लो भवन बुर्ज खलिफादेखि अन्य विभिन्न गगनचुम्बी भवनहरुका लागि परिचित छ । अब मुलुकका ती सुन्दर भवनहरुमा एक अर्को नाम दुबई मून पनि थपिँदैछ ।
यो रिसोर्ट नितान्त आकासमा चम्किरहेको चन्द्रमा जस्तै बनाइनेछ र यस्तो प्रतित हुनेछ कि साँच्चिकै चन्द्रमा भुईंमा ओर्लिएको छ ।

– एजेन्सी

 

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्