सेयर बजारमा चरम निराशा छाउने गरीको बैंकर्सको निर्णय

काठमाडौं । भदौ ३०, साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार रकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको जनाएको छ।
एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए । परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ ।
यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ । तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढीको छ । सो अवधिसम्ममा सबै उपसूचक घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स २.२८ प्रतिशतले घटेको छ ।