कार दुर्घटना हुँदा चार घाइते, २ को अवस्था गम्भीर

सहयात्रा टिभी

सिन्धुपाल्चोक । असोज १, सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

शनिबार बिहान करिब ७ बजे चौतारा साँगाचोकगढी-११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा कार दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। बा ४ च ५६७७ नम्‍बरको कार आफैं अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको हो। उक्त कार काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै थियो।

ट्याक्सी खस्दा इन्द्रावति गाउँपालिका-२का ४२ वर्षीय बसन्त गिरी, ३१ वर्षीया प्रतिमा गिरी, दोलखा भिमेश्वर नगरपालिका-२ का २८ वर्षीय सोनाम तामाङ र २२ वर्षीय राजेश तामाङ घाइते छन्। सोनाम र राजेशको अवस्था गम्भीर छ। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : 17 September, 2022

प्रतिक्रिया दिनुहोस्