३० वर्षका एक युवकको काठमाडौंको गैरीगाउँमा शव भेटियो

काठमाडौ । असोज २, सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएका एक ३० वर्षका युवकको काठमाडौंको गैरीगाउँमा शव भेटिएको जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।