नेपाल बैंकको डबल धमाका, मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो
सहयात्रा टिभी
काठमाडौ । असोज २, नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ । ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप आकर्षक बनाइएको हो ।
अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम रु पच्चीस हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ ।
त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको बैंकले जनाएको छ।