आर्थिक वर्ष लागे यता राष्ट्र बैंकले करिब ४२ अर्बको ट्रेजरी बिल खरिद गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । असोज ३, चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो ।

साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेका राष्ट्र बैंकले बैंकदरमा वृद्धि गर्नुको साथै राष्ट्र बैंकबाट पाउने तरलता सुविधामा पनि कडाइ गरेको थियो भने बैंकहरुले अल्पकालीन ब्याजदर (ट्रेजरी बिलको ब्याजदर) बढाएर १४ प्रतिशतसम्म पुर्‍याएपछि राष्ट्र बैंकले हस्ताक्षेप गरेर एकल अंकमा झारेको थियो ।

ट्रेजरी बिलको ब्याजदर बढ्दा सरकारको खर्च बढ्न भएकोले पनि राष्ट्र बैंकले ट्रेजरी बिलको ब्याजदर नियन्त्रण गर्न आफैंले खरिद गरिरहेको छ । राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो ।

जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल बोलकबोल गरेको थियो । २ अर्ब नै बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ८.७८०६ प्रतिशत र अधिकतम ९.१९९७ प्रतिशत तथा औसत ८.९३३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

 

 

 

 

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्