पीडितलाई उद्धार, राहत गर्न सरकार समक्ष मानव अधिकार आयोगको आग्रह

सहयात्रा टिभी

काठमाडौ । असोज ४, राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकार समक्ष आग्रह गरेको जनाएको छ ।

अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतका जिल्लामा बाढी, पहिरो र डुबानका कारण ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते, १२ जना बेपत्ता भएका छन् ।

तयस्तै ४ हजार ५१ घरपरिवार विस्थापित भएको भन्दै आयोगले पीडितको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको हो । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको अवस्थाबारे अनुगमनसमेत गरेको छ ।

बाढी पहिरो पीडितको घरमा रहेका अन्नपात, लत्ताकपडा बगाएको, विस्थापितहरू पशु चौपायासहित स्थानीय सडकमा बसिरहेका, खुला आकाशमुनि बस्नुपरिरहेकोले बालबालिका, वृद्धवृदाहरू र असहायहरूलाई समस्या परिरहेको, खाद्यान्न अभावको कारण चाउचाउ र चिउरा खाएर बसिरहेको आयोगले जनाएको छ ।

 

 

प्रकाशित : 20 September, 2022

प्रतिक्रिया दिनुहोस्