द्विपक्षीय गतिविधिहरूका बारेमा छलफल गर्दै नेपाल–भारत सहसचिवस्तरीय बैठक सुरु

सहयात्रा टिभी

काठमाडौ । असोज ५, नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक सुरु भएको छ । बुधवारदेखि काठमाण्डौमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक सुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिङ्क नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह–डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ ।

नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगङ्गा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ । नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा छलफल हुनेछ ।

प्रकाशित : 21 September, 2022

प्रतिक्रिया दिनुहोस्