विश्व गैँडा दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइदै

सहयात्रा टिभी

काठमाडौ । असोज ६, आज विश्व गैँडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो ।

विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैँडा छन् ।

यस्तै, आज सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसरमा यो दिवस मनाइन्छ। सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले यो परिषद्को स्थापना भएको थियो ।

 

प्रकाशित : 22 September, 2022

प्रतिक्रिया दिनुहोस्