विर्तामोडका ५४ वर्षका देवीप्रसाद पोखरेल मृत फेला

सहयात्रा टिभी

काठमाडौ । असोज ९, मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ ।

झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नजिकै विषको बट्टा पनि बरामद भएको तर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएका थिए ।

प्रकाशित : 25 September, 2022

प्रतिक्रिया दिनुहोस्