अमेरिकाद्धारा फरार घोषणा गरीएका स्नोडेनलाई रुसले नागरिकता दिने

सहयात्रा टिभी

काठमाडौं । असोज ११, अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने भएको छ । स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ ।

स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख थियो ।

स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो । ३९ वर्षका एडवर्ड स्नोडेन अहिले रुसको राजधानी मस्कोमा बस्दै आएका छन् । स्नोडेन सन् २०१३ मा अमेरिकाबाट भागेर रुस पुगेका थिए । उनलाई अमेरिकाले फरार घोषणा गरिसकेको छ ।

प्रकाशित : 27 September, 2022

प्रतिक्रिया दिनुहोस्