दाङको घोराही उपमहानगरको निर्माणाधीन भवन अलपत्र

काठमाडौं । असोज १२, घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एक वर्षदेखि अलपत्र परेको जानकारी प्राप्त भएको छ ।
नयाँ भवन घोराही उपमहानगरपालिकाको परिसरम भित्रै निर्माण भइरहेको छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो ।
घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले उपमहानगरको भवन निर्माणका लागि ताकेता गरिरहे पनि निर्माण व्यवसायीले काम नगरेको बताए ।
२० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो ।
गौरी-पार्वती र भुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त भवन वर्षदिन बित्दा जग हाल्ने काम मात्र भएको छ ।