अमेरिकी संस्करणको द भ्वाइस मा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज १२, नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्याउने जमर्को गरिन् ।
तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरुलाई आफूतिर आकर्षित पारिन् ।
चारैजना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।
जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्नेमध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् । जज जिवेन स्टेफानीले परिजिताको स्वर प्राकृतिक र युनिक भएको बताइन् । जज ब्लेक सेल्टनले आफू परिजिताको फ्यान भएको बताइन् ।
परिजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् । आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रुपमा चिनाएकी उनले आफूले नेपाली संगीत सुन्ने तर मनपर्ने जनरा चाहिं आरएण्डबी भएको बताइन् ।