मनास्लु हिमालमा हराइरहेकी स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्

सहयात्रा टिभी

काठमाडौं । असोज १२, मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको जनाएको छ ।

अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् । मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

 

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्