बालकुमारीमा जीपको ठक्करबाट युवकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज १६,  बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब सवा ८ बजे पैदल हिँडिरहेका उनलाई बा१झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो । घटनापछि फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

प्रकाशित : 2 October, 2022

प्रतिक्रिया दिनुहोस्