चहरी खोलामा बस दुर्घटनाका कारण १३ जना घाइते

सहयात्रा टिभी

काठमाडौ । असोज २३, रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको र दुर्घटनामा १३ यात्रु घाइते भएको जानकारी प्राप्त भएको छ ।

दोरम्बाबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यात्रु दशैँको टीका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार थिङले जानकारी दिनुभयो ।

बसमा झन्डै ३० यात्रु थिए । घाइते सबैलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 9 October, 2022

प्रतिक्रिया दिनुहोस्