ठूलो वर्षापछि भेनेजुएलामा पहिरो,२२ जनाको ज्यान गयो ५२ जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौ । असोज २४, भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

 

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले जनाएको छ ।

भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् । राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताउनु भएको छ । एजेन्सी

 

 

प्रकाशित : 10 October, 2022

प्रतिक्रिया दिनुहोस्