करेन्ट लागेर वीरगञ्जमा २ जनाको मृत्यु

काठमाडौं । असोज २५, वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। छुट्टाछुट्टै स्थानमा भएको घटनामा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने दुई जनाको मृत्यु भएको हो ।
धोविनी गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
सोमबार साँझ साढे ६ बजे वीरगञ्ज–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने सैफुल्लालाई करेन्ट लागेको थियो । प्लाष्टर गर्ने क्रममा विद्युतको नांगो तारमा अचानक उनले छुन पुगेका थिए ।
करेन्ट लागेर भुईंमा पछारिएका उनलाई तत्कालै उपचारको लागि नजिकैको आशाराम अस्पतालमा पठाइएको थियो ।
घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का तयार गरी दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।