ऋषि पोखरेलले ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको विरुद्ध उजुरी

सहयात्रा टिभी

काठमाडौं । असोज २५, दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ ।

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले बताए ।

प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक(पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ । पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको बताउँछ ।

पीडित परिवारका अनुसार बालिका पोखरेलको घरमा गत वैशाखदेखि काम गर्न बसेकी थिइन् । पोखरेलले बालिकालाई असार यता पटक(पटक धाक धम्की देखाएर करणी गर्दै आएको पीडित परिवारले बताएको छ ।

प्रकाशित : 11 October, 2022

प्रतिक्रिया दिनुहोस्