आगलागीका कारण सोलुखुम्बुमा एक घरमा क्षति

काठमाडौँ । असोज ३१, सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । माप्यदुधकोशी गाउँपालिका-१ जुभिङका पवन विकको घरमा हिजो बेलुका आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर शाहले विद्युत् सर्ट भइ आगलागी भएको जानकारी दिनुभयो । आगलागीबाट नगद ७५ हजार रुपैयाँसहित घरभित्र भएका सबै सामान जलेर नष्ट भएको उहाँले बताउनु भयो ।
स्थानीय र प्रहरीको सहयोगमा हिजो बेलुका पाँच बजेतिरै आगो निभाइएको शाहले बताउनु भयो ।