आउँदो पुस देखि मात्रै मेलम्चीको खानेपानी वितरण गर्ने तयारी

काठमाडौँ । कात्तिक १५, बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डौमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो
यो सडक बाढीले बगाएको छ । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बिग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो।