मन्त्रिपरिषद् बैठकले अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न स्वीकृति

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो ।

सम्झौतापछि दुवै मुलुकका वायुसेवा कम्पनीलाई एक अर्का मुलुकमा सिधा हवाई उडानको बाटो खुल्ने छ । नेपाल र स्विट्जरल्यान्डबीच यसअघि नै हवाई सेवा सञ्चालन गर्नेबारे समझदारी भइसकेको छ ।

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्