प्रहरीले फेरी बालुवाटार पुगेकी निहारिकालाई केहिवेर नियन्त्रणमा लियो

काठमाडौँ । कात्तिक १८, पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ ।
आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।
पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो ।
हालै आएको डीएनए जाँचको रिपोर्टमा उनको छोराको डीएनए श्रेष्ठको डीएनएसँग म्याच भएको छ । चुनावपछि यसमा पेश चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ ।